‘फिल्म ‘जनै हराएको मान्छेस् सम्बन्धका धागाहरू’मा समावेश ‘मसुरीको दाना’ बोलको सार्वजनिक भएको छ।
अञ्जु पन्त र एसडी योगीले गाएको गीतमा हर्क साउदको शब्द र एसडी योगीको संगीत छ।
गीनमा प्रेमजोडीको कथा देखाइएको छ।
दुनियाको मन जित्ने व्यक्ति आफैँ भने कुनै टुंगो र थिति नहुने कुराबाट गीत सुरु हुन्छ।
सुनील क्षेत्रीले कोरियोग्राफी गरेको गीतको भिडिओमा चलत्रिका अधिकांश मुख्य कलाकार फिचर्ड छन्।
जसमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरब पहाडीलगायत कलाकारलाई देख्न सकिन्छ ।
प्रेमीको हेराइले हुरुक्कै पार्ने गरेको प्रसंग उल्लेख गर्दै एकले अर्कोलाई जिन्दगी सँगै जिउन गरेको सल्लाह गीतमा छ।
भिडिओमा ठूलो संख्यामा कोरस प्रयोग गरिएको छ।
हिमाल न्यौपानेले निर्देशन गरेको चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
भानुभक्त ढकालको कथा, पटकथा र संवादमा तयार भएको यो चलचित्रलाई पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन्। चलचित्रको एसोसिएट निर्देशमा मनीष राउत छन् ।
‘पूर्णबहादुरको सारंगी’ सफल भएपछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यो चलचित्रलाई यस वर्षको बहुप्रतिक्षित चलचित्रमध्ये एक मानिएको छ।