कारागारबाट दुर्गा प्रसाईँको भावुक सन्देश : मलाई नाति खेलाउन मन छ

गत चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका मुख्य आरोपीका रुपमा पक्राउ परेका मेडिकल व्यवसायी तथा तात्कालीन राजावादी समूहका जनकमान्डर दुर्गा प्रसाईंले कारागारबाटै भावुक सन्देश जारी गरेका छन् ।

उनको सचिवालयले सामाजिक सञ्जालमार्फत उनको सन्देश बाहिर ल्याएको हो । उनीले परिवार सम्वन्धमा भनेका छन् सबै नेपालीले आफ्ना सन्तानका साथमा जीवन जिउन पाउन्, प्रत्येक हजुरबुबा हजुरआमाका काखमा नातिनातिना होउन् भनेर अभियान शुरु गरेको मलाई मेरो नातिले धेरै याद गर्छ रे । हजुरबा कहिले आउने भनेर सोध्छ रे । परिवारले बाहिर जानुभएको छ, आउनुहुन्छ भन्दा मोबाइलमा फोटो हेर्छ रे । एक मनले सोच्छ, कारागारमै बोलाएर एकछिन् भए पनि नाति खेलाउँ । अनि सोच्छु, के सम्हालिएला र मन नातिका अगाडि भक्कानिएँ भने के भन्ला उसले विद्यार्थी बनाएर पठाएकी छोरी यही महिना डाक्टर बनेर फर्किँदै छ । एयरपोर्टमै पुगेर पिताप्रेम दर्शाउँला भन्ने रहर, रहरमै सीमित हुनेभयो ।

तस्बिर : सामाजिक सञ्जाल