भक्तपुरमा आधुनिक रंगशाला बन्ने : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा आधुनिक रंगशाला बनाउने घोषणा गर्नुभएको छ ।

सूर्यविनायकको जगातीमा ५० हजार दर्शक अट्ने रंगशाला बनाइने उहाँले बतानउभुभएको हो ।

यसका लागि जग्गा प्राप्तिलगायत विषयमा आइतबार सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल संघका पदाधिकारीसँग छलफल गरिएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘खेल क्षेत्रको हाम्रो दायरा फराकिलो हुँदै गर्दा दशरथ रंगशाला हामीलाई साँघुरो भएको छ। अब हामी भक्तपुर सूर्यविनायकमा आधुनिक रंगशाला बनाउँदै छौँ।’