आज काठमाडौँसहित देशका धेरैजसो स्थानमा वर्षा जारी

आज श्रावण १२ गते सोमबार देशका सातै प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान, लुम्बनी र कर्णाली प्रदेशका थोरै स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो।

बागमती प्रदेशअन्तर्गत काठमाडौँ उपत्यकामा पनि अहिले पानी परिरहेको छ।

‘काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा पनि अहिले हल्का वर्षा भइरहेको छ’, मौसमविद् दाहालले भने, ‘काठमाडौँ उपत्यकामा विगत ६ घण्टादेखि वर्षा जारी छ। तर अहिले उपत्यकाका धेरैजसो स्थानमा पानी पर्न रोकिइसकेको छ। केही समयपछि बाँकी स्थानमा पनि पानी पर्न रोकिने सम्भावना छ तर दिउँसोरअपराह्न फेरि वर्षा हुने सम्भावना छ।’

आज दिउँसो:देशभर साधारणतया बदली -आकाशमा बादल रहनेछ। गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडका केही स्थान तथा तराईका थोरै स्थानमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति:देशभर साधारणतया बदली रहनेछ। गण्डकी प्रदेश लगायत देशका पहाड भूभागका केही स्थानतथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।