उपत्यकामा आईतबार साँझदेखि झरी सबैभन्दा धेरै लाजिम्पाटमा

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसले गर्दा आइतबार रातिदेखि काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा पनि लगातार पानी परिरहेको छ ।

काठमाडौंको पानीपोखरीमा ६५ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी कपनमा ३६, सुन्दरीजलमा ३०, चन्द्रागिरिमा २३, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २२ र बबरमहलमा १९.६ मिलिमिटर वर्षा मापन भएको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले पछिल्लो १२ घण्टामा नेपालका कोशीदेखि सुदूरपश्चिमसम्मै वर्षा भएको छ ।

तुलनात्मक रुपमा मधेश र सुदूरपश्चिम प्रदेशमा भने कम वर्षा भएको छ।