डेनमार्कको आल्बोर्ग विश्वविद्यालयका एप्लाइड इन्डस्ट्रियल इलेक्ट्रोनिक्सका विद्यार्थीहरूको टोलीले थ्रीडी प्रिन्टर प्रयोग गरेर हाइब्रिड ड्रोन निर्माण र परीक्षण गरेका छन्।
उक्त हाइब्रिड ड्रोन उड्न, पानीमा डुब्न, सतह मुनि चलाउन र त्यसपछि हावामा फर्कन सक्ने बताइएको छ। साथै यी सबै कार्यहरु ड्रोनले एकै लहरमा एकैपटकमा निर्बाध रुपमा गर्न सक्ने टेलिग्राफले रिपोर्ट गरेको छ।
थेसिसको लागि सिर्जना गरिएको प्रोटोटाइपले हावाबाट पानीमा र्यापिड ट्रान्जिसन प्रदर्शन गरेको बताइएको छ। साथै हाइब्रिड ड्रोनको प्रदर्शनले यसको सिर्जनाकर्ताहरूलाई पनि छक्क पारेका छन् ।
भेरियबल पिच प्रोपेलर प्रणाली ड्रोनको प्रदर्शनको सबैभन्दा महत्त्वपूर्ण भाग भएको बताइएको छ जसको ब्लेडहरू पानी र हावामा फरक कोणमा घुम्छन्।
हावामा एयर फ्लो -हावा प्रवाह सिर्जना गर्न ब्लेडहरूको स्लोप ठूलो हुनेछ चजे पानीमा प्रतिरोध कम गर्न र दक्षता बढाउन सानो हुने जनाइएको छ।
यी प्रोपेलरहरूले अण्डरवाटर पानीमुनि चल्नको लागि थप सटिक नकारात्मक थ्रस्ट पनि सिर्जना गर्न सक्नेछ।
फुटेजमा ड्रोन ठूलो पोखरीबाट उठेको, डाइभिङ गरेको, छोटो समयको लागि “तैरिएको” र त्यसपछि हावामा ठाडो रूपमा घुम्दै गरेको कार्यलाई विभिन्न क्यामरा कोणबाट देखाइएको छ।
हाइब्रिड ड्रोनहरू पूर्ण रूपमा नयाँ अवधारणा भने होइनन्।
लाइभ साइन्स रिपोर्टले रटगर्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले सन् २०१५ मा हावा–देखि–पानीमा समान प्रोटोटाइप प्रस्तुत गरेका थिए भने चिनियाँ वैज्ञानिकहरूले सन् २०२३ मा समान ट्रान्जिसन चाल प्रदर्शन गरेको जानकारीको उल्लेख गरेको छ।
निरन्तर फ्रेममा कैद गरिएको र थप जटिल मेकानिकल रिकन्फिगरेसनको सट्टा साधारण प्रोपेलर–आधारित समाधानको साथ प्राप्त गरिएको दुई वातावरणहरू बीचको ट्रान्जिसनको सहजता नै अल्बोर्ग विद्यार्थीहरूको परियोजनालाई छुट्याउने कुरा भएको टेलीग्राफले रिपोर्ट गरेको छ।