साताको दोस्रो दिन सोमबार सेयर बजार सामान्य अंकले उकालो लाग्दा पनि कारोबार रकम भने ह्वात्तै घटेको देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार, आज बजार मापक नेप्से परिसूचक ५.३० अंकले वृद्धि भई २९६९.५० बिन्दुमा पुगेको हो। हिजो आइतबार नेप्से १८.५२ अंकले बढेको थियो।
आज कारोबारमा भने उल्लेख्य गिरावट आएको छ। ३२१ कम्पनीका ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार १९ अर्ब ३६ करोड ८ लाख रुपैयाँ मा सीमित रह्यो। यो हिजोको २६ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबारको तुलनामा ७ अर्बभन्दा बढीको गिरावट हो।
सूचकगत रुपमा आज विकास बैंक समूह ३.२८%, व्यापार २.९५%, फाइनान्स २.८३%, उत्पादन तथा प्रशोधन २.१९% र बैंकिङ समूह ०.२०% ले वृद्धि गरेका छन्।
त्यस्तै होटल तथा पर्यटन समूह पनि ०.२४% ले हरियाली देखिएको छ।