नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशनले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । प्रदर्शनी यहि श्रावण २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डप सन्चालन हुनेछ । उक्त प्रदर्शनीमा ५० भन्दा बढी सवारी साधनका ब्राण्डहरु सहभागी हुने आयोजकले जनाएको छ ।
प्रदर्शनीको मुख्य प्रायोजकको रुपमा एभरेष्ट बैंक र नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् । त्यस्तै प्रदर्शनीको टिकेटीङ् पार्टनरको रुपमा खल्ती बाई आईएमई, वेभरेज पार्टनरमा माउण्टेन ड्यू, वृविङ्ग पार्टनरमा हिमालयन जाभा, राईड पार्टनरमा पठाओ, सर्वेलेन्स पार्टनरमा एचआईके भिजन, कनेक्टिभिटी पार्टनरमा वल्र्ड लिङ्क, हस्पिटालिटी पार्टनरमा सोल्टि होटल, मेडिकल पार्टनरमा फ्रन्टलाईन हस्पिटल, टेलिकम पार्टनरमा एनसेल, र म्यानेजमेण्ट पार्टनरमा मिडिया स्पेस सोलुसन रहेका छन् ।