आईसीएफसी फाइनान्स लिमिटेडको रसुवा जिल्लास्थित कालिकास्थान शाखा अब नयाँ भवनमा सरेको छ । फाइनान्सले आज एक सूचना जारी गर्दै आफ्नो कालिका गाउँपालिकाको हालको स्थानबाट नजिकैको भवनमा शाखा सरेको जानकारी गराएको छ ।
शाखा सरेसँगै ग्राहकहरूलाई सेवा लिन थप सहज हुने विश्वास फाइनान्सले लिएको छ । नयाँ स्थानमा पनि पहिलेकै जस्तै सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध हुने फाइनान्सले जनाएको छ ।