सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन–२०८२ सम्पन्न

  • Clock icon
    २०८२ श्रावण १३, मंगलवार

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन–२०८२ सम्पन्न भएको छ ।

काठमाण्डौमा सम्पन्न उक्त कार्यक्रममा भारतका सेल्स ट्रेनर अनिलकुमार झाले व्यक्तित्व विकास, अभिकर्ता निर्माणलगायत सेल्ससम्बन्धी विशेष ट्रेनिङ दिए । चालू आवका लागि ‘वि क्यान’ थिमलाई मूलमन्त्रका रूपमा आत्मसात् गर्दै सम्पूर्ण कर्मचारीहरू एकजुट भएर लक्ष्यप्राप्तिका लागि अघि बढ्ने प्रण गरेको कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले बिमितको हित नै कम्पनीको हित भन्ने मूलमन्त्र लिएर काम गरिरहेको बताए ।

कार्यक्रममा प्रथम बिमाशुल्क, बिमालेखको बिक्री संख्या, सक्रिय अभिकर्ता निर्माण र सबैभन्दा बढी दिन नियमित व्यवसाय गर्ने तथा तोकिएको व्यावसायिक लक्ष्य हासिल गर्ने उत्कृष्ट एक सय २९ कर्मचारीलाई विभिन्न विधामा सम्मान गरिएको थियो ।