लक्ष्मी सन्राइज क्यापिटलले लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित खुलामुखी तीन योजनाको लाभांश घोषणा गरेको छ ।
क्यापिटलले शुभलक्ष्मी कोष तथा लक्ष्मी भ्यालु फन्ड–२ र सन्राइज ब्लुचिप फन्ड योजनाको लाभांश घोषणा गरेको छ । क्यापिटलको १२ साउनमा बसेको सञ्चालक समितिको बैठक गत आवका लागि शुभलक्ष्मी कोषको करसहित १६ प्रतिशत, लक्ष्मी भ्यालु फन्ड–२ कोकरसहित १५ प्रतिशत र सन्राइज ब्लुचिप फन्डको करसहित १९ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
शुभलक्ष्मी कोषको प्रतिफल भने १२ साउनसम्म कायम इकाइधनीले मात्रै पाउनेछन् । अन्य दुई फन्डबारे अर्को सूचना प्रकाशित गरी जानकारी गराइने बताइएको छ ।