नेपाल–इटाली उद्योग वाणिज्य संघद्धारा आइसक्रिम उत्पादनको नवीन कार्यक्रम सञ्चालनमा

  • Clock icon
    २०८२ श्रावण १३, मंगलवार

नेपाल–इटाली उद्योग वाणिज्य संघ र लाइफ क्रिम मेसिनरिजको सहकार्यमा नेपालमा आइसक्रिम उत्पादनको रूपान्तरण कार्यक्रम गरिएको छ ।

उक्त कार्यक्रममा नेपाल र इटालीका खाद्य उद्योगविज्ञ, उद्यमी र सरोकारवालाको सहभागिता थियो । इटालीका प्रमुख ब्रान्ड लाइफ, टेक्नोइस, प्याकिन्ट र कोल्डकारले उत्पादनदेखि ढुवानीसम्मका उत्पादन, दिगो र प्रभावकारी कार्यविधि प्रदर्शन गरेका थिए ।

यो सहकार्यले नेपालमा फ्रोजन डेजर्ट उद्योगको विकासमा नयाँ चरणको सुरुवात गर्नुका साथै नेपाल–इटालीबिचको औद्योगिक तथा व्यापारिक सम्बन्धलाई थप मजबुत बनाएको संघले जनाएको छ ।

  • Clock icon
    २०८२ श्रावण १३, मंगलवार