ज्योति विकास बैंकले सञ्चालनमा ल्यायो अन्तरबैंक टेलर क्युआर सेवा

  • Clock icon
    २०८२ श्रावण १३, मंगलवार
ज्योती विकास बैंक jyoti bikash

ज्योति विकास बैंकले १७औँ वार्षिकोत्सवको अवसर पारी अन्तरबैंक टेलर क्युआर सेवा सञ्चालनमा ल्याएको छ । जसअनुसार ज्योति विकास बैंकमा खाता नभएका व्यक्तिले पनि आफ्नो सम्बन्धित बैंकको मोबाइल बैंकिङ एपमार्फत ज्योति विकासका जुनसुकै शाखामा गई रकम निकाल्न सक्नेछन् ।

यो सुविधाले आमनागरिकलाई थप सहजता हुने विश्वास बैंकले लिएको छ । विश्वाउपयोग गर्न ग्राहकले जुनसुकै बैंक तथा वित्तीय संस्थामा खाता तथा सो खातासँग सम्बन्धित मोबाइल बैंकिङ सुविधा सक्रिय गरेको हुनुपर्नेछ । बैंकले डिजिटल प्रविधिको प्रयोगमार्फत ग्राहकको सुविधा, पहुँच र सन्तुष्टिमा केन्द्रित रही यो सेवा पनि थप गरेको जनाएको छ ।