विभिन्न स्थानमा ‘भारी वर्षा’ सचेत रहन आग्रह

  • Clock icon
    २०८२ श्रावण १३, मंगलवार

आज साउन १३, मंगलबार दिउँसो तथा राति पनि देशका विभिन्न स्थानमा पानी पर्ने क्रम जारी रहने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

महाशाखाका अनुसार आज मौसम बदली र वर्षाको सम्भावना यस्तो छस्

आज दिउँसो देशभर साधारणतया बदली (आकाशभरि बादल) रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाड भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भेगका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति लुम्बिनी प्रदेशलगायत देशको पहाडमा साधारणतया बदली रही बाँकी तराईमा आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेशलगायत देशका पहाड क्षेत्रका थोरै स्थान तथा तराईका एक‍-दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।
विभिन्न स्थानमा भारी वर्षा हुने भएकाले सचेतना अननाउनु आवश्यक रहेको सरकारले जनाएको छ ।

  • Clock icon
    २०८२ श्रावण १३, मंगलवार