मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको तुर्कमेनिस्तानको भ्रमण स्वीकृत

  • Clock icon
    २०८२ श्रावण १३, मंगलवार

हिजो सोमबार साँझ बसेको मन्त्रिपरषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्कमेनिस्तानको भ्रमण स्वीकृत गरेको छ।

यही साउन १८ गतेदेखि २३ गतेसम्म हुन लागेको प्रधानमन्त्रीको भ्रमण स्वीकृत भएको परराष्ट्रमन्त्री आरजुर राणा देउवाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तानको अभाजा जान लाग्नुभएको हो ।

 

  • Clock icon
    २०८२ श्रावण १३, मंगलवार