एनएमबि बैंक र मन्दाकिनी हाइड्रोपावरबिच ऋण लगानी गर्न सम्झौता

एनएमबि बैंक र मन्दाकिनी हाइड्रोपावरबिच ऋण लगानी गर्न सम्झौता भएको छ । माछापुछ्रे गाउँपालिका, कास्कीमा रहेको माथिल्लो सार्दी खोला जलविद्युत् आयोजनाका लागि दुवै पक्षबिच वित्तीय व्यवस्थापन भएको छ ।

२.९ मेगावाट क्षमता रहेको माथिल्लो सार्दी खोला जलविद्युत् आयोजनाको करिब लागत ६६ करोड १८ लाख ९४ हजार रुपैयाँ रहने जानकारी गराइएको छ भने बैंकको ऋण लगानी ४६ करोड ३३ लाख २५ हजार रुपैयाँ रहनेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरले प्रस्तावित आयोजना निर्धारित लागत तथा समयमा नै सम्पन्न गर्न मन्दाकिनी हाइड्रोपावरलाई आग्रह गरे । उक्त कम्पनीका अध्यक्ष शरदकुमार दाहालले उक्त आयोजना निर्धारित लागत तथा समयसीमामा नै सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।

उक्त आयोजनामा समेत एनएमबिको अगुवाइमा सहवित्तीयकरणअन्तर्गत ऋण लगानी भएको छ । एनएमबि बैंकले पछिल्लो समय ऊर्जा क्षेत्रमा आफ्नो अगुवाइमा कर्जा लगानी गरिरहेको छ ।