नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डले सर्वसाधारणमा आइपिओ निष्कासन गर्ने भएको छ ।
आइपिओ निष्कासक तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त भएको छ । यससम्बन्धी सम्झौतामा लक्ष्मी सन्राइजका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर्सका अध्यक्ष डा. मनीष थापाले हस्ताक्षर गरेका छन् ।
कम्पनीले प्रतिसेयर एक सय अंकित दरका ३० करोड रुपैयाँबराबरले हुन आउने ३० लाख कित्ता आइपिओ निष्कासन गर्नेछ ।