सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्तालाई पुरस्कार

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गत आवमा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्तालाई पुरस्कृत गरेको छ । साथै, प्रदेशस्तरीय प्रोत्साहनको कार्यक्रम स्टार एजेन्सी मिट पनि सँगसँगै सम्पन्न गरेको हो । कार्यक्रममा बनेपा, चाबहिल, कौशलटार र पाटन रिजनका अभिकर्तामध्ये प्रथम बिमाशुल्क संकलन, बिमालेख संख्या र टिम व्यवसाय विधामा उत्कृष्ट तीनभित्र पर्न सफल स्टार एजेन्सीहरूलाई सम्मान गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत नीराजन कँडेलले जीवन बिमा व्यवसायमाथि बिमा सल्लाहकारको महत्त्वबारे प्रकाश पार्दै कार्यक्रमबाट सिकेका कुरालाई व्यवहारमा उतारी कम्पनीलाई अझै नयाँ उचाइमा पुर्‍याउनुपर्ने बताए ।