नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा सचिवालयमा ९४ जना थिए र वार्षिक खर्च रु ६ करोड २१ लाखभन्दा बढी भयो। ओली प्रधानमन्त्री बनेपछि सचिवालयमा १४ जना मात्रै रहे र खर्च घटेर रु ४ करोड १४ लाखमा झर्यो । कुल खर्चमा करिब २ करोड ६ लाख रुपैयाँको कटौती भएको प्रधानमंत्री कार्यालयको लेखा रिपोर्टले देखाएको छ।