नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संस्थापकहरूको भेलाले नयाँ अध्यक्ष चयन गरेको छ।
आज बिहीबार काठमाडौँको बानेश्वरमा बसेको भेलाले लालवीर चौधरीलाई पार्टी अध्यक्ष चयन गरेको हो।
अध्यक्ष चयन भएका लालवीर पार्टी संरक्षक रेशम चौधरीका बावु हुनुहुन्छ । हिजो बुधबारमात्रै रेशमले आफ्नै श्रीमतीसमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई कारबाही गरेर बर्खास्त गर्नुभएको थियो ।
अध्यक्ष चयन भएका लालवीर प्रतिनिधिसभा सदस्यसमेत हुनुहुन्छ ।
अध्यक्ष चयन भएपछि लालवीरले भन्नुभयो, हामीले उहाँ रञ्जितालाई अहिले पनि भनिरहेकै छौँ यहाँ आएर आफ्नो कुरा भन्नुस्। सबैको सल्लाहमा पार्टी चलाउनुपर्छ भन्दा नमानेपछि यो अवस्था आयो।
पार्टीलाई अपठ्यारोबाट निकास दिन आफूले नेतृत्व गरेको उहाको भनाइ छ।