पार्टी नेतृत्वको आलोचना अन्यन्त्र नगर्न प्रचण्डको जर्नादनलाई आगह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले उपमहासचिव जनार्दन शर्माले नेतृत्वको आलोचना अन्यन्त्र नगर्न आग्रह गर्नुभएको छ ।

आज शुक्रबार सुरु भएको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी नेतृत्वको कुरा पार्टीभित्रै गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा प्रचण्डले बाहिर गएर अनावश्यक टिप्पणी नगर्न आग्रह गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

‘केही कुरा भए पार्टी बैठकमा गर्नुपर्छ, नेतृत्वको विषयमा बााहिर गएर कुरा राख्नुहुँदैन भनेर अध्यक्षले भन्नुभयो,’ पार्टी कार्यालयको सूचनामा उल्लेख छ, ‘अनावश्यक कुरा बाहिर राख्नुहुँदैन पनि भन्नुभयो।’

जनार्दनप्रति प्रचण्डको आजको अभिव्यक्ति सन्तुलित भएको छ ।

‘महाधिवेशनको मिति केन्द्रीय समिति बैठकले टुंग्याउने, भदौभरिमा अभियान सक्ने,’ सूचनामा उल्लेख छ, ‘दसैँपछि केन्द्रीय समिति बस्ने प्रस्ताव अध्यक्षले ल्याउनुभएको छ।’

आजको बैठकमा प्रचण्डले समाजवादी मोर्चामा रहेका दल र पूर्वमाओवादी घटकहरूसँग एकताको गृहकार्य भइरहेको र सकारात्मक भइरहेको ब्रिफिङ गर्नुभयो ।