आज विभिन्न प्रदेशमा बढी वर्षाको सम्भावना

  • Clock icon
    २०८२ श्रावण १६, शुक्रबार

मौसम पूर्वानुमान महाशाखाले आज साउन १६, बिहीबारको सम्भावित वर्षाबारे जानकारी दिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ ।

जसका कारण हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्य बदली रही मधेस प्रदेशमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार, आज दिउँसो देशभर साधरणतया बदली रही कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका प्राय स्थानहरूमा तथा तराई भूभागका केही स्थानहरूमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

आज राति भने देशको पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मधेस प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

  • Clock icon
    २०८२ श्रावण १६, शुक्रबार