मौसम पूर्वानुुमान महाशाखाले आज दिउँसो र रातिको सम्भावित वर्षाबारे जानकारी गराएको छ।
जसअनुसार,
आज दिउँसो – देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र मधेस प्रदेशका थोरै साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
आज राति – देशभर साधारणतया बदली रहनेछ। मधेस प्रदेशलगायत कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी भु(भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
कोसी प्रदेश, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
मुलुकभर ठूलो पानी पर्ने भएकाले सचत रहन महाशाखाले सबैलाई आग्रह गरेको छ ।