एकैदिनमा सुनको भाउमा ३४०० रूपैयाँको उचालो

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य अचानक तीव्र रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३४०० रूपैयाँले उकालो लागेको छ।

गत शुक्रबार प्रतितोला १,९३,१०० रूपैयाँमा कारोबार भइरहेको छापावाल सुन आइतबार प्रतितोला १,९६,५०० रूपैयाँ पुगेको छ।

यता चाँदीको मूल्य पनि तोलामा १५ रूपैयाँले वृद्धि भएको छ। शुक्रबार २,२३५ रूपैयाँ रहेको चाँदी आइतबार २,२५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।