लगातार तीन दिनको गिरावटपछि सेयर बजार सोमबार दोहोरो अंकले उकालो लागेको छ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १६.६५ अंकले वृद्धि भई २८७५.५५ बिन्दुमा पुगेर रोकिएको छ। बजारमा सुधार देखिए पनि कारोबार रकम भने घटेको देखिन्छ।
आज ३२५ कम्पनीका २ करोड ७१ लाख ६९ हजार ७५५ कित्ता सेयर किनबेच हुँदा कुल १० अर्ब ८२ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन आइतबार ३१९ कम्पनीका ३ करोड २२ लाख कित्ता सेयर किनबेच भएर १३ अर्ब ७ करोड रुपैयाँको कारोबार भएको थियो।