बिहानको समयदेखिनै धरानमा सवारी साधन र मानिसको चाप देख्न पाइन्छ । धरान नेपालको कोशी प्रदेश अन्तर्गत सुनसरी जिल्लामा पर्ने एक उपमहानगरपालिका हो ।
यहाँ सुनुवार, राई, लिम्बू, याक्खा जनजातिहरूको बाहुल्यता रहेको छ ।
तथापि विविध जाति तथा जनजातिहरूको बसोबास स्थल र कला, साहित्य, संस्कृति तथा खेलकुदको क्षेत्रमा ख्याति प्राप्त धरान वर्तमानमा आएर शिक्षा, स्वास्थ्य, पर्यटकीय तथा व्यापारिक पूर्वाधारयुक्त सुन्दर सहरको रूपमा विकास हुँदै पूर्वाञ्चलको मात्र नभइ नेपालकै नमुना सहर बन्न प्रयासरत छ ।
कुनैबेला धरान बजारलाई “गोर्खा भर्तीको केन्द्र” भनेर पनि चिनिन्थ्यो।