आजको विनिमय दर: डलर स्थिर, युरो र पाउन्ड महँगिए

  • Clock icon
    २०८२ श्रावण २२, बिहीबार
मानी पैसा बिदेशी मुद्रा money

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य अघिल्लो दिनजस्तै स्थिर रहेको छ भने युरो, पाउन्ड स्टर्लिङ, स्विस फ्र्याङ्कजस्ता प्रमुख मुद्राहरूको विनिमय दरमा सामान्य वृद्धि देखिएको छ।

राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर रु. १४०.०८ र बिक्रीदर रु. १४०.६८ कायम गरिएको छ। युरोपेली युरोको खरिददर रु. १६२.६६ र बिक्रीदर रु. १६३.३६ रहेको छ भने बेलायती पाउन्ड स्टर्लिङको खरिददर रु. १८६.७१ र बिक्रीदर रु. १८७.५१ पुगेको छ। स्विस फ्र्याङ्कको मूल्य पनि थोरै बढेर खरिददर रु. १७३.६६ र बिक्रीदर रु. १७४.४० कायम भएको छ।

अन्य प्रमुख मुद्राहरूको दर हेर्दा, अष्ट्रेलियन डलरको खरिददर रु. ९१.१४ र बिक्रीदर रु. ९१.५३, क्यानाडियन डलरको खरिददर रु. १०१.८९ र बिक्रीदर रु. १०२.३३ रहेको छ। त्यस्तै, सिंगापुर डलरको खरिददर रु. १०८.९१ र बिक्रीदर रु. १०९.३८, १० जापानी येनको खरिददर रु. ९.५० र बिक्रीदर रु. ९.५४, र चिनी युआनको खरिददर रु. १९.५० र बिक्रीदर रु. १९.५८ कायम भएको छ।

मध्यपूर्वी मुद्राहरूको दर हेर्दा, साउदी रियालको खरिददर रु. ३७.३३ र बिक्रीदर रु. ३७.४९, कतारी रियालको खरिददर रु. ३८.४३ र बिक्रीदर रु. ३८.६०, र यूएई दिरहमको खरिददर रु. ३८.१४ र बिक्रीदर रु. ३८.३० निर्धारण गरिएको छ।

यसबाहेक, मलेसियन रिङ्गिटको खरिददर रु. ३३.१२ र बिक्रीदर रु. ३३.२६, १०० दक्षिण कोरियन वोनको खरिददर रु. १०.१० र बिक्रीदर रु. १०.१४, स्विडिस क्रोनरको खरिददर रु. १४.५३ र बिक्रीदर रु. १४.६०, र डानिश क्रोनरको खरिददर रु. २१.८० र बिक्रीदर रु. २१.८९ तोकिएको छ।

त्यस्तै, हङकङ डलरको खरिददर रु. १७.८४ र बिक्रीदर रु. १७.९२, कुवेती दिनारको खरिददर रु. ४५८.२९, बहरैनी दिनारको खरिददर रु. ३७१.५६, र ओमानी रियालको खरिददर रु. ३६३.८३ तथा बिक्रीदर रु. ३६५.३९ कायम गरिएको छ।

नेपालसँग सिधा कारोवारमा प्रयोग हुने भारतीय रुपैयाँको विनिमय दर पनि स्थिर छ। आजको लागि १०० भारतीय रुपैयाँको खरिददर रु. १६० र बिक्रीदर रु. १६०.१५ निर्धारण गरिएको छ।

  • Clock icon
    २०८२ श्रावण २२, बिहीबार