यस वर्षको जनैपूर्णिमा र रक्षाबन्धन पर्व नजिक आइरहँदा बजारमा जनै, धागो र राखी किनबेच गर्नेहरुको चहलपहल वा रौनक बढेको छ ।
हिन्दु धर्माबलम्बीहरूको महत्वपूर्ण चाड जनैपूर्णिमा वा रक्षाबन्धन पर्व पवित्रता र सुरक्षाको बन्धनसँग सम्बन्धित छ।
यस दिन काँचो धागो, जनै र रक्षा बन्धनमा प्रयोग हुने राखीको किनमेल गर्न बजारमा सर्वसाधारणको भीड लाग्ने गर्छ ।