केटा साथीको घरमा गएकी एक किशोरीको मृत्यु भएको छ ।
प्रहरीकाअनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–३ बोझेपोखरी बस्ने १८ वर्षीय केटा साथीको घरमा ती किशोरी बुधबार दिउँसो गएकी थिइन् ।
सोही क्रममा बेहोस भएपछि ग्वार्कोस्थित किष्ट अस्पताल लैजाँदा मृत्यु भएको सातदोबाटोस्थित प्रहरी कार्यालयले जनाएको छ ।
अहिले मृतक किशोरीको केटा साथीलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धान अघि बढाइएको छ ।
किशोरीको शव पोस्टमार्टमको प्रक्रिया अघि बढाइएको छ ।
मृतक किशोरी पनि १८ वर्षकै रहेको प्रहरीले बताएको छ ।
उनीहरू प्रेम सम्बन्धमा रहेको हुनसक्ने प्रहरीको भनाइ छ ।