एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) टोली मधेश युनाइटेडले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ ।
लोगोले खेल, संस्कृति र मधेशी गर्वलाई एउटै प्रतीकमा समेटेको छ । नयाँ लोगो हरियो रङ्को छ।
खेलकुद र संस्कृतिको संयोजन रहेको लोगोको केन्द्रमा भलिबल राखिएकोले टोलीको खेल र प्रतिस्पर्धाको भाव दर्साउने मधेश युनाइटेडले जनाएको छ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा हुने दोस्रो इडब्लुभिएल भदौ २० गते देखि २८ गतेसम्म पोखरामा हुनेछ ।
मधेश युनाइटेड टोली
खेलाडी – निरुता ठगुन्ना (मार्की), आरती सुबेदी, कोपिला राणा , सरस्वती कटेल , उषा बिस्ट, बबिता बोहोरा, बसन्ती साउद , स्नेहा ठगुन्ना
प्रशिक्षक – कोपिला उप्रेती
ब्रान्ड एम्बेसडर – नीति शाह