प्रधानाध्यापक भएपछि स्वतः शिक्षक महासंघको सदस्यता निष्क्रिय हुने प्रस्ताव पारित 

  • Clock icon
    २०८२ श्रावण २२, बिहीबार
रघुजी पन्त raghuji panta

आज बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षक प्रधानाध्यापक नियुक्त भएपछि स्वतः शिक्षक महासंघको सदस्यता निष्क्रिय हुने प्रस्ताव पारित गरेको छ । बिहीबार बसेको समितिको बैठकमा शिक्षक प्रधानाध्यापक नियुक्त भएपछि स्वतः शिक्षक महासंघको सदस्यता निष्क्रिय हुने प्रस्ताव पारित गरेको हो ।

यस्तै आजको बैठकमा आन्तरिक प्रतिस्पर्धा, जेष्ठता र कार्यसम्पादन तथा कार्यक्षमता मूल्यांकनको आधारमा शिक्षकहरुको बढुवा गर्ने सहमति भएको छ । मन्त्रालयका सचिव चूडामणि पौडेलले पेस गरेको आन्तरिक प्रतियोगिता, ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कन तथा कार्यक्षमताको मूल्याङ्कनबाट बढुवा गर्ने प्रस्ताव समिति बैठकबाट पारित भएको हो ।  

 

  • Clock icon
    २०८२ श्रावण २२, बिहीबार