भूमि विधेयकको भाषामा सदहरूको असहमति

भूमि सम्बन्धी केही नेपाल एन संशोधन विधेयकमा अस्पष्ट भाषा प्रयोग भएको भन्दै सांसदहरूले अcजनाएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि विधेयकको प्रतिवेदन पेस भएको छ । प्रतिवेदनमा आएको भाषा अस्पस्ट रहेको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका हुन् ।

कांग्रसका सांसद वीरबहादुर बलायरले भूमि विधेयकमा थाहा हुने डरले हो की दुविधायुक्त भाषा प्रयोग गरिएको बताए । उनले भने, ‘ हामीले थाहा पाउँछौं की भनेर पो की १ दुविधायुक्त भाषा प्रयोग विधेयक राखिएको छ।’ उनले विधेयकमा प्रयोग हुने भाषा प्रस्ट पार्नु पर्ने बताए । ‘ विधेयकमा दिनका लागि दिएजस्तो, यता हो की उता हो की जस्तो भाषा प्रयोग गरियो, जुन विल्कुलै भएन।’ उनले असन्तुष्टि व्यक्त गरे ।

अब मन्त्रालयमा विधेयकको भाषा ड्राफ्ट हुन नहुने उनको तर्क छ । उनले भने, ‘मन्त्रालयले ल्याउने हो भने पनि ल्याऔं । तर एकै ठाउँ राखेर जाऔं। यो गज्याङमज्याङ भाषाको प्रयोग नगरौं।’

यस्तै माओवादी केन्द्रकी सांसद रुपा शोसी चौधरीले विधेयको ड्राफ्ट नै प्रष्ट नभएको भन्‍दै आपत्ति जनाइन् । ‘ विधेयकको ड्राफ्ट हेर्दै अस्पष्ट छ। भाषा घुमाउरो छ। अब विधेयकमा भाषा प्रस्ट नपारी हुँदैन।’ उनले भनिन्।

रास्वपाका सांसद अशोक चौधरीले पनि अहिले सांसदहरूले नै विधेयकको भाषा नबुझ्दा पछि कार्यान्वयन कसरी हुन सक्ला भनेर प्रश्‍न गरे । उनले भने, ‘ यो विधेयकको भाषा नै हामी सांसदहरूले बुझिरहेका छैनौं। अब कार्यान्वयन गर्ने बेलामा के हुन्छ ?’