संघीय संसद अन्तरगत आज राष्ट्रिय सभाको बैठक दिन १ः१५ बजे बस्ने भएको छ ।
मंगलबार बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
साथै, राष्ट्रिय सभा अध्यक्षले पूर्व स्वास्थ्य राज्यमन्त्री एवं संविधान सभाका सदस्य खड्गबहादुर बस्यालको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने पनि कार्यसूची रहेको छ ।