नेपाल प्रहरीले नयाँ आइजिपि पाउँदै : को हुन् चन्द्रकुवेर खापुङ ?

नेपाल प्रहरीको नयाँ आईजीपीमा उत्कृष्ट छवि, अटुट इमान र दृढ नेतृत्वका लागि चिनिएका चन्द्रकुवेर खापुङ १८ भदौ २०८२ बाट जिम्मेवारी सम्हाल्दैछन्।
तीन दशकको सेवायात्रामा उनले अपराध अनुसन्धानदेखि प्रदेश कमान्डसम्मका संवेदनशील र चुनौतीपूर्ण जिम्मेवारीहरू सदैव सफा छवि, निष्पक्ष निर्णय र परिणाममुखी कार्यशैलीसहित पूरा गरेका छन्। कुनैपनि विवादमा नपरी, केवल आफ्नो काम र कर्मको बलमा संगठनभित्र विश्वासिलो नाम कमाएका उनी सहकर्मी र अधीनस्थहरूमा समान रूपमा प्रेरणादायी मानिन्छन्।
हाल सीआईबीका निर्देशकको रूपमा सफलतापूर्वक काम गरिरहेका खापुङको कार्यकाल छोटो रहनेछ-विद्यमान नियमावलीअनुसार २६ कात्तिक २०८२ मा समाप्त हुनेछ। झन्डै दुई महिनामात्र भए पनि, उनको नेतृत्वले प्रहरी संगठनमा पारदर्शिता, अनुशासन र जनविश्वासको नयाँ उचाइ ल्याउने विश्वास गरिएको छ।
खापुङको आगमनले प्रहरी इतिहासमै छोटो तर प्रभावशाली कार्यकालको उदाहरण स्थापित गर्ने अपेक्षा गरिएको छ।
तस्बिर : सामाजिक सञ्जाल