बुह-विवाहले व्यक्ति समाज र राष्ट्रलाई कस्तो असर पुग्छ ? नीति विशेष

वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले बहुविवाहको विषयले सामाजिक, पारिवारिक हिंसा, विखण्डन जस्ता कुरालाई आश्रय दिने बताउनुभएको छ ।

विहीबार काठमाडौंमा आयोजित ‘सुनिता रेग्मी लैङ्गिक न्याय संवाद शृंखला’ कार्यक्रममा उनले बुहविवाहले व्यक्ति र परिवारलाई मात्र होइन पूरै समाज र राष्ट्रमा असर पुर्याउने भन्दै लैङ्गिक समानताको दृष्टिकोणले पनि स्वीकार्य नभएको बताउनुभयो । 

उहाँ भन्नुहुन्छ, ‘महिला हिंसा अन्तरगत पर्ने एउटा विषय बहुविवाह पनि हो । महिला हिंसाको कुरा आउँदा बहुविवाह पनि यसमा जोडिन्छ । यो लैङ्गिक समानताको दृष्टिकोणले पनि स्वीकार्य विषय होइन् । बुहविवाहले व्यक्ति र परिवारलाई मात्र असर होइन पूरै समाज र राष्ट्रमा असर पु¥याउने भएको हुनाले यसलाई समाज विरुद्धको अपराध अथवा कसुर मानेर कानूनले व्यवस्था गरेको मानिन्छ । यसबाट सामाजिक, पारिवारिक हिंसा, विखण्डन जस्ता कुराले आश्रय पाउने पनि देखिन्छ ।’ 

यस्तै, उहाँल बहु विवाह भनेको महिलाले धेरै श्रीमान र पुरुषले धेरै श्रीमती राख्न पाउने कानून भएता पनि कानूनमा विवाहित महिलाले परपुरुषसँग सम्बन्ध राखे पहिलाको श्रीमानसँग स्वतः सम्बन्धविच्छेद हुने तर पुरुषको हकमा त्यो लागू नहुने कानून रहेको पनि उल्लेख गर्नुभयो । 

उहाँ भन्नुहुन्छ, ‘बहु विवाह बदरयोग्य विवाह हो । यो विवाहलाई कानूनले मान्यता दिदैँन् भन्ने कुराको चेतना फैलाउनको लागि आवश्यक छ । बहु विवाह भनेको महिलाले धेरै श्रीमान र पुरुषले धेरै श्रीमती राख्न पाउने हो तर हाम्रो कानूनमा विवाहित महिलाले परपुरुषसँग सम्बन्ध राख्छ भने उसको पहिलो पुरुषसँग स्वत सम्बन्धविच्छेद हुने भनिएको छ । तर पुरुषको लागि त्यस्तो थिएन ।’

बहुविवाहलाई कसूरको रुपमा लिएर यसलाई नियन्त्रण गर्नको लागि कानूनहरु आएको उहाँक भनाइ छ । 

यस तस्बिर विविसी नेपाली बाट लिईएको हो