मनमोहक पुम्दीकोट : पोखराको अर्को आकर्षक गन्तब्य (फोटोफिचर)

कास्की जिल्लाको रमणीय डाँडामाथि अवस्थित पुम्दीकोट अहिले धार्मिक पर्यटनको आकर्षण बनेको छ । यहाँ स्थापित विशाल महादेव (शिव)को मूर्ति आकाशबाट हेर्दा अझ भव्य र मोहक देखिन्छ ।

ड्रोनमार्फत खिचिएका दृश्यहरूले केवल मूर्तिको सौन्दर्य मात्र होइन, वरिपरिको प्राकृतिक दृश्यावलीलाई समेत उजागर गर्छन् । हरियालीले घेरिएको डाँडामाथि शान्त मुद्रामा बसेको महादेवको प्रतिमा भक्तजन र पर्यटक दुवैलाई आकर्षित गर्छ ।

ड्रोनले देखाएको दृश्यमा मूर्तिको भव्यता, पोखराको उपत्यका, फेवाताल, र टाढा हिमालहरूसँग जोडिएर प्रस्तुत हुन्छ । आकाशबाट खिचिएका यी दृश्यहरूले पुम्दीकोटलाई धार्मिक मात्र नभई प्राकृतिक सुन्दरताले भरिपूर्ण पर्यटन गन्तव्यका रूपमा चिनाउँछन् ।

तस्बिरहरु :

pumdikotPhoto (9)