युद्धविराम र बन्धक रिहाइ प्रस्ताव हमासद्धारा स्वीकारोक्ती

प्यालेस्टाइनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम र इजरायलका साथ बन्धक रिहाइका लागि मध्यस्थताका लागि नयाँ प्रस्तावमा सहमति जनाएको छ ।

हमासले मिस्र र कतारले युद्धविराम र इजरायलका साथ बन्धक रिहाइका लागि राखेको प्रस्तावमा हमासले सहमति भएको हो ।

मिस्र र कतारको उक्त प्रस्ताव अमेरिकी दूत स्टीभ विटकफले गत जुन महिनामा दिएको प्रस्तावको रूपरेखामा आधारित रहेको बीबीसीले जनाएको छ ।

प्रस्तावअनुसार पहिले ६० दिनको युद्धविराम लागू हुने छ । त्यसपछि हमासले बाँकी रहेका ५० इजरायली बन्धकहरूलाई दुई समूहमा रिहा गर्ने छ । जसमध्ये २० जना मात्रै जीवित रहेका बताइएको छ । यसपछि मात्रै स्थायी युद्धविरामका लागि वार्ता अघि बढ्ने छ ।

यद्यपि, इजरायलका तर्फबाट युद्धविरामबारे केही प्रतिक्रिया आएको छैन । गत साता इजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहुले सबै बन्धकहरूलाई एकैपल्ट रिहा गरेपछि मात्रै सम्झौता स्वीकार गरिने बताएका थिए ।