नाडा अटो शोमा उड्ने ट्याक्सी : नेपालमा नयाँ मोबिलिटी युग शुरु भएको जिकिर

नेपालमै पहिलो पटक फ्लाइङ ट्याक्सीको अनावरण गरिएको छ ।

आजदेखि काठमाण्डौको भृकुटीमण्डपमा शुरू भएको नाडा अटो शो का विभिन्न आकर्षणहरू छन तथापि उड्ने ट्याक्सी र अत्याधुनिक प्रविधिको रोबर्टले सबैको ध्यान ध्यान केन्द्रित गरेको छ । एमएडब्लु वृद्धि कम्पनीले चिनियाँ कार निर्माता चांगान अटोसँगको सहकार्यमा यो उड्ने ट्याक्सी नेपाल भित्र्याएको हो। यसलाई ईभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ) को नाम दिइएको छ।

यो प्रदर्शनीसँगै नेपालमा नयाँ किसिमको मोबिलिटी (सवारी साधन) को युग सुरु भएको मानिएको छ।

तस्बिरमा दैरा सुरुवाल लगाएको रोबर्ट र ट्याक्सी देख्न सकिन्छ ।