आज वि.सं २०८२ साल फागुन १९ गते पूर्णिमाको दिन पर्न गएको चन्द्र ग्रहण हो । साँझ ०६ बजेर ०३ मिनेटबाट सुरु हुने यस ग्रहण ०७ बजेर ०२ मिनेट सम्म रहनेछ भने यस ग्रहणको मोक्ष २ बजेर ३८ मिनेटमा हुन्छ । एक घण्टा ०५ मिनेट यस ग्रहणको अवधि रहनेछ ।
चन्द्र ग्रहणको सुतक काल सामान्यतया ग्रहण लाग्नु ९ घण्टा अगावै सुरु हुन्छ । यस पछि कुनै पनि शुभ कार्य नगर्न सल्लाह दिइएको पाइन्छ ।
के हो त चन्द्र ग्रहण ?
यो एउटा चन्द्रमाको सामान्य बृत चक्र हो जहाँ सूर्य र चन्द्रको बिचमा पृथ्वी पर्न जान्छ । यस समयमा पृथ्वी, चन्द्र र सूर्यबिचको दूरी सबैभन्दा थोरै हुन्छ । यस क्रममा पृथ्वीको छाया चन्द्रमा देखिन्छ, चन्द्र नै प्रकाशको अभावमा र पृथ्वीको छायाले कालो देखिन्छ र यो नै चन्द्र ग्रहण हो ।
खग्रास र खण्डग्रास चन्द्र ग्रहणबारे जानौं
ग्रहणको आंशिक छाया भएमा खण्डग्रास र पूर्ण छाया भएमा खग्रास चन्द्र ग्रहण भएको भनिन्छ
