चालु आर्थिक वर्ष २०८२-०८३ को पहिलो महिना साउनमै वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेको छ।
वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८१ ०८२ को साउनको तुलनामा चालु आवको साउनमा वैदेशिक रोजगारीका जाने युवाको संख्यामा १२.५३ प्रतिशतले बढेको हो।
विभागका अनुसार चालु आवको साउनमा वैदेशिक रोजगारीका लागि बाहिरिने युवाको संख्या ६८ हजार १ सय १० रहेको छ। गत आवको साउन महिनामा वैदेशिक रोजगारीका लागि बाहिरिने युवाको संख्या ५९ हजार ५ सय ७५ रहेको थियो।
विभागका अनुसार चालु आवकै साउन महिनामा म्यानपावरमार्फत नयाँ कामका विदेशिने युवाको संख्या ३१ हजार ८ सय ३० रहेको छ।
यसैगरी, बिदामा नेपाल आइ पुन रोजगारीका लागि बाहिरिने युवाको संख्या २३ हजार ६ सय ४४ र व्यक्तिगत भिसामा जाने युवाको संख्या ११ हजार ७ सय ७२ रहेको छ। यसैगरी जीटुजीमार्फत विदेशिने युवाको संख्या ८ सय ६४ रहेको छ।