इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मंगलबार बन्धक बनेका नेपाली विद्यार्थी विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पासँग करिब एक घण्टा भेट गरे।
भेटमा नेतान्याहुले विपिनले देखाएको साहसको प्रशंसा गर्दै भने, “विपिन नभएको भए त्यहाँ अझै ८–१० जनाको ज्यान जान सक्थ्यो। उनले आफ्ना साथीहरूको ज्यान जोगाए-त्यसैले, विपिन साहसी र वास्तविक हिरो हुन्। इजरायलीहरूले उनलाई ‘रोल मोडल’का रूपमा हेरेका छन्।”उनले थप आश्वस्त पार्दै भने, “हमासले अप’हरण गरेका सबै बन्धक इजरायलका लागि समान छन्। हामीले कसैलाई स्वदेशी वा विदेशी भनेर छुट्याएका छैनौं।”
साथै नेतान्याहुले नेपालका अरब मुलुकहरूसँगका सुमधुर सम्बन्धलाई प्रयोग गरेर विपिनको रिहाइमा सहयोग गर्न सुझाव दिएका छन्। विपिन जोशी इजरायल र हमासको युद्दादेखि परिवारसँग संपर्कविहिन भएपछि लामो समय प्रतीक्षारत आमा र बहिनी खोज्न पहल गर्नका लागि केही दिन अघिमात्र इजरायल प्रस्थान गरेका थिए ।