बैतडीको पुर्चौडी–१० विजयपुरकी २४ वर्षीया भागरथी कुँवर, जो स्थानीय स्वास्थ्यचौकीमा अनमीका रूपमा कार्यरत थिइन्, आइतबार बेलुकी आफ्नै कोठामा झु’ण्डि’एको अवस्थामा मृत फेला परेकी छन्।
उनका श्रीमान् नेपाली सेनामा कार्यरत छन्। प्रहरीका अनुसार, सँगै बस्नेले बेलुकी बोलाउँदा नजवाफ पाएपछि कोठा खोल्ने प्रयास गरेका थिए। ढोका नखुलेपछि घरबेटीलाई खबर गरिएको थियो। ढोका खोलेर हेर्दा उनी त्यो अवस्थामा फेला परेकी थिइन्। इलाका प्रहरी कार्यालय पाटनले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।