साउनमा ६८ हजारभन्दा बढी नेपालीले पाएको श्रम स्वीकृति

साउन महिनामा वैदेशिक रोजगारका लागि ६८ हजार ११० नेपालीले श्रम स्वीकृति पाएका छन्। वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा यो संख्या गत वर्षको सोही अवधिको ५९ हजार ५७५ भन्दा बढेको देखिएको छ।

श्रम स्वीकृतिको विवरण अनुसार व्यक्तिगत तवरबाट पुरुष ८,५४७ र महिला ३,२२५ गरी कुल ११,७७२ जना, मेनपावरमार्फत पुरुष २९,१३५ र महिला २,७०० गरी कुल ३१,८३५ जना, पुनः श्रम स्वीकृतिमार्फत पुरुष २०,५४७ र महिला ३,०९७ गरी कुल २३,६४४ जना तथा G2G मार्फत पुरुष ७२४ र महिला १४० गरी कुल ८६४ जनाले श्रम स्वीकृति लिएका छन्। कुलमा पुरुष ५८,९४८ र महिला ९,१६२ जनाले श्रम स्वीकृति पाएका छन्।

साउन महिनामा नेपालमा काम गर्नका लागि ९८ जना विदेशीले श्रम स्वीकृति पाएका छन् भने ९४ जनाले नवीकरण गरेका छन्। गत आर्थिक वर्षमा विदेशी श्रम स्वीकृति लिनेको संख्या ८९२ र नवीकरण गर्नेको संख्या १,६६७ रहेको थियो।

वैदेशिक रोजगारीसम्बन्धी उजुरीको विवरण अनुसार साउन महिनामा ५८० उजुरी परेको छ। तीमध्ये ७४ उजुरी मिलापत्र गरियो भने २६ उजुरी अदालतमा पुगेको छ।

यसैबीच, गत आर्थिक वर्ष विदेशमा मृत्यु भएका ४८१ नेपालीको शव नेपाल ल्याइएको थियो। साउन महिनामात्रै ३९ जनाको शव फिर्ता गरिएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ। विभागका अनुसार श्रम स्वीकृतिमा आएको वृद्धिले वैदेशिक रोजगारीको माग बढिरहेको देखाउँछ।