सुनचाँदीमा फेरि उकालो, तोलामा ४०० बढ्यो सुन

साप्ताहिक कारोबारको अन्तिम दिन शुक्रबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य उकालो लाग्दै गएको छ। लगातार दुई दिनदेखि सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा पुगेको छ। बिहीबारसम्म यसै गुणस्तरको सुन प्रतितोला १ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यसरी हिजो प्रतितोला १,३०० रुपैयाँले बढेको सुन आज थप ४०० रुपैयाँले महँगिएको हो।

चाँदीतर्फ पनि वृद्धि

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। बिहीबार प्रतितोला ३५ रुपैयाँले बढ्दै २ हजार २ सय ९० रुपैयाँ पुगेको चाँदी शुक्रबार फेरि २० रुपैयाँले बढेर २ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।