मौसम पूर्वानुमान महाशाखाले आज भदौ ७, शनिबार दिउँसो र राति हुने सम्भावित वर्षाबारे जानकारी दिएको छ।
आज दिउँसो देशभर साधारणतया बदली ९आकाशभरि बादल० रहनेछ। देशका पहाड भूभागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई भूभागका साथै बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड भूभागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति मधेस प्रदेश, कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाड भेगमा साधारणतया बदली र बाँकी स्थानमा आंशिक बदली (आकाशमा पातलो बादल) रहनेछ। मधेस प्रदेश, कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशको पहाड र र लुम्बिनी प्रदेशको तराई भूभागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
मौसम महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानआसपासछ। साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि केही बढ्ने देखिन्छ।