नेपाल र भारतका प्रभावशाली राजनीतिज्ञ तथा बुद्धिजीविहरूको वीरगन्जमा जमघट भएको छ । विचारक प्रदीप गिरिको तेस्रो पुण्यतिथिको अवसर पारेर वीरगन्जमा शनिबार राजनीतिज्ञ तथा बुद्धिजीविहरू भेला भएका हुन् ।
प्रदीप गिरि इन्स्टिच्युट (पीजीआई) द्वारा ‘उत्साह र सङ्घर्षको आलोकमाः प्रदीप गिरिको सम्झना’ शीर्षकमा आयोजना भएको उक्त कार्यक्रम वीरगंज उद्योग वाणिज्य संघको हलमा बिहान साढे १० बजेदेखि जारी छ ।
कार्यक्रममा गिरिको जीवन, विचार र उनले जिएका मूल्यहरू-विचारक, करुणा, समावेशी राजनीति, सामाजिक न्याय, र सीमापार ऐक्यभाव—माथि विचार विमर्श भइरहेको छ ।
कार्यक्रम आयोजनका लागि वीरगंज उद्योग वाणिज्य संघ, सानो पाइला, पीडीएल कन्सल्टिङ ग्रुप, युथ कांग्रेस, नेपाल न्युज बैंकलगायतका संघसंस्थाहरू साझेदार छन् ।