बिपिनको रिहाइका लागि सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विपिनकी आमा र बहिनीलाई भेट्नुभएको छ भेटपछि उहाँ भन्नुहुन्छ  :-

विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायलबाट फर्केपछि उहाँहरुसँग भेट भयो। विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसदका अध्यक्षसँग भेटेर फर्कनु भएको थियो। बिपिनको रिहाइका पहलका लागि सरकारले कुनै पनि कसर बाँकी राखेको छैन। हामीले अझ जे पर्छ जस्तो हदसम्म विपिनको खोजि र रिहाइका लागि लाग्नुपर्छ गर्छौं भन्दै आश्वासन दिनुभएको छ ।