युवामा उद्यमशीलता विकास, नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पुर्याउने उद्देश्यले शनिबार ‘काठमाडौं युथ कन्क्लेभ २०२५’ आयोजना गरिएको छ ।युवाहरूलाई जोड्न र आवश्यक नेतृत्व, उद्यमशीलता विकास, व्यवस्थापकीय र औद्योगिक सीपहरूद्वारा सशक्त बनाउनको लागि आदर्श प्लेटफर्मको रूपमा कन्क्लेभको आयोजना गरिएको हो ।
कन्क्लेभमा सम्बोधन गर्दै चर्चित हाँस्य कलाकार हरिवंश आचार्यले छिटो वितिजाने अमूल्य जीवनलाई जतन र माया गरेर अगाडि बढाउनपर्ने बताए ।
‘पानी र जवानी कहिलै पनि राकिदैन । पानि र जवानी भनेको साँच्चै नै फास्ट ट्रेन चलेको जसरी जीवन जान खोज्ने रहेछ । स्कुल भर्ना भएको भर्खर एक महिना जस्तो लाग्छ, एसईइ परीक्षा भर्खरै जस्तो लाग्छ तर जिन्दगी यति छिटोे फास्ट फास्ट भएर गइरहेको छ । यो अमूल्य जीवनलाई एकदमै जतन गरेर असाध्यै माया गरेर अगाडि बढाउन पर्छ’ ।
त्यस्तै उनले बुबाको मुख हेर्ने दिनको शुभकामना दिँदै हरेक दिन बुबा आमालाई पुज्नपर्ने बताए । उनले बुबाआमाको सवैभन्दा ठूलो सपना भनेको छोराछोरीले संसार जितोस् भन्ने रहेको पनि सुनाए । ‘फार्दश डे, मदर्श डे आज एकदिन मनाएर मात्र पुग्दैन । हरेक जीवनभर फादर्श र मदर्श डे मनाइरहनुपर्छ । बुबाआमाको सवैभन्दा ठूलो सपना भनेको नै छोराछोरी हो । बुबाआमा भनेको संसारमा कोहीसँग पनि हार्न चाहँदैनन् । तर आफ्नो सन्तानले सँधैँ जितोस् भन्ने चहान्छ ।
श्रीमती भन्ने कुरा दुई तीन जना पाइन्छ तर बुबाआमा भन्ने कुरा एउटा मात्र पाउने भएकाले उहाँहरुप्रति सँधै सम्मान गर्नुपर्छ’ उनले भने ।