मौसम पूर्वानुमान महाशाखाले आज आइतबार दिउँसो र रातिको सम्भावित वर्षाबारे जानकारी दिएको छ।
आज दिउँसो : देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान र बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश र कर्णाली प्रदेशका पहाड भूभागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेस प्रदेशलगायत कोसी प्रदेश र लुम्बिनी प्रदेशका तराई भूभागमा हुरीको पनि सम्भावना छ।
आज राति : मधेस प्रदेश, कोसी प्रदेशलगायत देशका पहाड भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागका थोरै स्थान र बाँकी तराई भूभागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशको पहाड भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।