सामाजिक अभियन्ता तथा चर्चित युटुवर अर्जुन भूषालले असामान्य रूपमा टाउको ठूलो भएर उपचार गर्न गाह्रो भइरहेका परिवारका बालक रुदिक परियारका लागि दुई दिनमै जम्मा २७ लाख ६८ हजार ७ सय ४२ रुपैयाँ संकलन गराइदिएका छन् ।
उनले ४-५ लाख रुपैयाँको अपेक्षा गरेको तर भगवानरुपी सहयोगीहरूले सोचेभन्दा धेरै सहयोग रकम जम्म्मा गरिदिनुभएको भन्दै, धन्यवादका साथ अब सहयोग बन्द गर्न अर्थात सहयोग नगर्न आग्रह गरेका छन् । पीडितकी आमाले पनि जम्मा भएको त्यो पैसामध्ये यदि १४-१५ लाखमा उपचार भयो भने, ४-५ लाख रुपैयाँ बच्चा पढाउनका लागि राखेर बाँकी पैसा त्यस्तै अन्य पीडितलाई सहयोग गर्ने बताएकी छिन् ।